काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।

उनको व्यक्तिगत सनकले पत्र काटेको पुष्टि भएपछि प्रहरीले उनलाई थप छानबिनका लागि पक्राउ गरेको हो।

advertisement

प्रहरी स्रोतका अनुसार पक्राउ परेपछि उनले ‘टिकापुर घटनामा रेशमद्वारा मारिएका व्यक्तिहरूका आत्माले भतभती पोलेपछि आफ्नै निर्णयले पक्राउ गर्नु भनि पत्र लेखेको हुँ’ भनि गैरजिम्मेवार बयान दिएका छन्।

उनले काटेको पत्रको आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिसकेको छ।

उनले काटेको पत्र विवादित भएपछि सर्वोच्च अदालतमै उच्चस्तरीय छलफल सुरु भइसकेको छ।

प्रहरी उच्च स्रोतका अनुुसार पत्र बोकेर विष्ट आफैं प्रहरी परिसर उपस्थित भएका थिए। सर्वोच्च अदालतमै यस विषय विवादित बनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com