काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमले स्पष्ट दिशा नदेखाएको आरोप लगाएका छन्।

सांसद तथा पूर्वअर्थमन्त्री पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै हाल प्रस्तुत गरिएको नीति तथा कार्यक्रम परम्परागत सोचमा सीमित रहेको र त्यसले सरकारको लक्ष स्पष्ट नपारेको टिप्पणी गरे।

उनले भने, “अघिल्ला वर्षहरूमा सरकारले संसदमै नीति स्पष्ट रूपमा प्रस्तुत गर्ने गर्थ्यो, प्रमुख कार्यक्रमहरू उल्लेख गरेर त्यसमा बजेट व्यवस्था गथ्र्यो, स्रोत व्यवस्थापन पनि खुला रूपमा गरिन्थ्यो। तर यसपटक न नीति स्पष्ट छ, न कार्यक्रम व्यवस्थित छन्। यस्तो देखिन्छ, सरकार आफैँ गन्तव्यविहीन ढंगले अघि बढिरहेको छ।”

पुनले सरकारले संसदलाई बेवास्ता गर्दै आफ्ना स्वार्थअनुसार योजना अघि बढाउने रणनीति अपनाएको शंका पनि व्यक्त गरे। उनका अनुसार नीति तथा कार्यक्रममा स्पष्ट योजना र दिगो सोचको अभावले देशको विकास यात्रा अन्योलतर्फ उन्मुख हुन सक्ने सम्भावना देखिन्छ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com