हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपराह्न एक्कासि जमिन भासिँदा माछा बोकेको बोलेरो गाडी जमिनमुनि बेपत्ता भएको छ।

ना ४ च ४८३३ नम्बरको उक्त बोलेरो गाडी सडक छेउमा रोकेको अवस्थामा जमिन भासिँदा गाडी पाँच सेकेन्डभित्रै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

advertisement

मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार भासिएको स्थानको नजिकै माछा पालनका लागि निर्माण गरिएको पोखरी र बोरिङ रहेकाले ती संरचनाले जमिन कमजोर बनाएको र त्यसकै कारण सडक भासिएको अनुमान गरिएको छ।

गाडी भासिनुअघि चालक र सहचालक गाडीबाट बाहिर निस्किएर सकुशल जोगिन सफल भएका छन्। जमिन भासिएसँगै सो स्थानमा ठूलो पानीको दह बनेको र पानीका कारण गाडी देखिन नसकेको प्रवक्ता अर्यालले बताए।

हाल उक्त क्षेत्रमा पानीको निकासको व्यवस्था मिलाएर गाडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानियवासीलाई थप सतर्कता अपनाउन र जोखिमयुक्त संरचनाहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com