काठमाडौं । भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसदहरूले प्रिशाको मृत्युलाई लिएर ध्यानाकर्षण गराएपछि उनले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गरेका छन् ।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुखले भने ।

advertisement

साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलका लागि पनि सभामुख घिमिरेले अपिल गरेका छन् ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com