काठमाडौं ।  सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले नेपालको इतिहाससँग राजनीतिक अस्थिरताको इतिहास पनि जोडिँदै आएको बताएका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको बताएका हुन् ।

advertisement

२००७ साल पछि हालसम्म ३/४ वटा सरकारले मात्रै साढे तीन वर्ष वा तीन वर्ष समयाअवधि काम गर्न पाएको उनले बताए । अन्यथा सरकार बदलिरहेको उनको भनाइ छ ।

सांसद थापा भन्छन्, ‘वि.स. १८२५ मा काठमाडौं एकीकरण भए यताको २५७ वर्षमा न भारदार काल न राणाकाल, न राजतन्त्र काल न प्रजातन्त्रकाल, लोकतन्त्र काल न गणतन्त्र काल कुनैमा पन स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।’

सँधै अस्थिरताको अनुभवको बानी अहिले पनि छचल्किने गरेको उनले बताए । अस्थिरताकै कारण पञ्चायत आएको र पञ्चायत ढलेपछि पनि स्थिरता प्राप्त गर्न नसकेको बताए ।

संख्यात्मक हिसावले हाल मुलुकमा सरकार बलियो रहेको थापाको भनाइ थियो । तर, सरकार ढाल्ने प्रयास भइराखेको भनेर नेताहरूले भनिरहेको पनि स्मरण गरे ।

अघिल्लो सरकारले पाकिस्तानी मोडेलमा अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए । अर्कोतर्फ वंशको आधारमा शासन गर्न चाहनेहरूले पनि अस्थिरता चाहिरहेको बताए ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com