काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लड्दा घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा गएराति शौचालयमा चिप्लिएर लडेका उनी घाइते भएका हुन्।
घटनापछि तत्कालै उनलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार प्रचण्डको टाउको र निधारमा चोट लागेकोले टाँका लगाइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया