काठमाडौं ।  लगातारको वर्षाका कारण सोमबार राति पौने ९ बजेदेखि अवरुद्ध भएको बीपी राजमार्ग आज (मंगलबार) दिउँसो १ बजेदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार, दिउँसो १ बजेदेखि राजमार्ग दुवै तर्फ सवारीका लागि खुलाइएको हो।

advertisement

सोमबार राति रोशी खोलामा आएको बाढीले राजमार्गअन्तर्गत माम्तीस्थित डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो। खोलाको बहाव डाइभर्ट गरी तथा बगाएको डाइभर्सन पुनः निर्माण गरेर सवारी आवागमन सुरु गरिएको हो।

सडक विभागले चारवटा जेसीबी र पाँचवटा टिपर प्रयोग गरी खोलाले बगाएका कल्भर्ट क्षेत्रहरूमा पुनः फिलिङ गरेको थियो।

सडक अवरुद्ध हुँदा पूर्वतर्फबाट आउँदै गरेका सवारीलाई खुर्कोट र नेपालथोकमा रोकिएको थियो भने काठमाडौँबाट पूर्वतर्फ गइरहेका गाडीहरूलाई भकुण्डेबेसीमा थामिएको थियो। अहिले ती सवारी साधनलाई बिस्तारै गन्तव्यतर्फ पठाउने कार्य अघि बढाइएको छ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com