काठमाडौं । थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका अभियुक्तलाई प्रहरीले पुनः म्याद थपका लागि मंगलबार जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ।

चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र, धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो। राणा भने स्वास्थ्य समस्याको कारण देखाएर थुनाबाहिर राखिएका छन्। मिश्रसँगै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि अहिले थुनामै छन्।

advertisement

मिश्रलाई प्रहरीले पहिलोपटक चैत १६ गते पाँच दिनको म्यादसहित थुनामा राखेको थियो। त्यसपछि क्रमशः चैत २० मा सात दिन, चैत २७ मा १५ दिन, वैशाख १० मा तीन दिन, वैशाख १४ मा सात दिन, र वैशाख २१ मा पाँच दिनको म्याद थप गरिएको थियो। यी सबै अवधि सकिएपछि पुनः म्याद थप गर्न आज अदालतमा पेस गरिन लागेको हो।

प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रव जस्ता गम्भीर मुद्दामा अनुसन्धान गरिरहेको छ। दुर्गा प्रसाईं लगायत केही अन्य अभियुक्तमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ।

तीनकुने घटनामा संलग्न भइ अराजक प्रदर्शन तथा लुटपाटमा संलग्न भएको आरोपमा करिब ९० जनाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाएको छ। तीमध्ये २४ जना हाल थुनामा राखेर अनुसन्धान भइरहेको छ भने केही अभियुक्त थुनाबाहिर राखिएका छन्।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com