काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रूसी महासङ्घअन्तर्गत काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा नेपाल र रुसबीचको दीर्घकालीन मित्रता, सहयोगका विविध आयाम तथा आपसी सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। प्रमुख कासिकोभले आगामी सेप्टेम्बर महिनामा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिएका थिए।

advertisement

जवाफमा प्रधानमन्त्री ओलीले उक्त निमन्त्रणा स्वीकार गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो समेत पठाइदिन आग्रह गरे। साथै, प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि सैन्य सहमति नभएको अवस्थामा रूसी सेनामा नेपाली नागरिकलाई भर्ती नगरिन आग्रह गरे। उक्त आग्रहलाई सकारात्मक रूपमा लिँदै प्रमुख कासिकोभले अबदेखि नेपाली नागरिकको सो प्रकारको भर्ती नगर्ने विश्वास दिलाए।

भेटमा नेपालस्थित रूसी राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूलगायत अन्य व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com