काठमाडौं । देश तथा विदेशमा छरिएर रहेका खराल–खरेल बत्स गोत्रीय ‘खराल बंशोद्दार प्रतिष्ठान नेपाल’को २३औं साधारण सभा तथा चौथो महाधिवेशन वैशाख २९ र ३० गते गैंडाकोट नगरपालिका १४ स्थित केन्द्रीय कालिका कुल मन्दिर तथा प्रतिष्ठानको केन्द्रीय कार्यालय परिसरमा भव्यताका साथ सम्पन्न भएको छ। प्रतिष्ठानको केन्द्रिय अध्यक्ष पदमा माधव प्रसाद खराल निर्विरोध रूपमा चयन भएका छन्।
अध्यक्षमा चयन भएपछि उनले सम्पूर्णमा आभार व्यक्त गर्दै संस्थाले अठोट लिएको बंश सेवा र सामाजिक एकता प्रवर्द्धनमा आफू पूर्ण समर्पित रहने प्रतिबद्धता जनाए। उनले भने, “यो गरिमामय जिम्मेवारी प्रदान गरिदिनु भएकोमा सम्पूर्ण अग्रज, दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक र संस्थाका सदस्यहरूमा आभारी छु। मेरो कार्यकालमा म संस्थालाई अझ सशक्त र प्रभावशाली बनाउने प्रयासमा लागिरहनेछु।”
महाधिवेशनलाई सफल बनाउनमा सहयोग पुर्याउने सबै महानुभावप्रति अध्यक्ष खरालले विशेष धन्यवाद ज्ञापन गरेका छन्। साथै, नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उनले हार्दिक बधाई दिनुका साथै आगामी दिनमा संस्थाको लक्ष्य र उद्देश्यमा एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
अधिवेशनबाट सर्वसम्मत केन्द्रीय कार्य समिति
- अध्यक्ष श्री माधव प्रसाद खराल, गुल्मी
वरिष्ठ उपाध्यक्ष श्री तेज नारायण खराल, चितवन
उपाध्यक्ष श्री यमप्रसाद खराल, बाँके
उपाध्यक्ष श्री नारायण प्रसाद खराल, चितवन
महासचिव श्री बाबुराम खराल, चितवन
सचिव श्री हिरामणि खराल, चितवन
काेषाध्यक्ष श्री शालिक राम खराल, चितवन
सहसचिव श्री ईश्वरीप्रसाद खराल, चितवन
सह-कोषाध्यक्ष श्री चन्द्रमणि खराल, नवलपुर
सदस्य श्री बिदुरप्रसाद खराल, चितवन
सदस्य श्री ललित प्रसाद खराल, रुपन्देही - सदस्य श्री ईश्वरीप्रसाद खराल, कञ्चनपुर
सदस्य श्री ताराप्रसाद खराल रूपन्देही
सदस्य श्री मोतिलाल खराल, नवलपुर
सदस्य श्री कुमारी रेखा खराल, नवलपुर - सदस्य श्री कालिदास खराल, गुल्मी
सदस्य श्री दामोदर खराल, मोरङ
सदस्य श्री लक्ष्मण खराल, नवलपुर
सदस्य श्री मेघनाथ खराल (मुकुल), नवलपुर
अन्त्यमा, अध्यक्ष खरालले कुलदेवी कालिका माताको स्मरण गर्दै सम्पूर्ण वंश र खराल समुदायको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा पनि व्यक्त गरे ।
प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया