काठमाडौं ।  काठमाडौंको बनस्थलीस्थित चार्जिङ सेन्टरबाट हराएको माइक्रोबस चोरी भएको खुलेको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौंको बनस्थलीमा बसोबास गर्दै आएका १९ वर्षीय सुदीप थापा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा प्रहरीले धादिङबाट पक्राउ गरेको हो ।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराका अनुसार गत चैत २९ गते साँझ साढे ४ बजेतिर बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखिएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको माइक्रोबस चोरी भएको थियो ।

चोरीको आरोपमा पक्राउ परेका थापाविरुद्ध अदालतबाट ४ दिनको म्याद लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com