काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद, जरिवाना र क्षतिपूर्तिको सजाय तोकिएको छ।

जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई एक महिना कैदसहित एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। अदालतको यो निर्णयबारे जानकारी दिँदै सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पुष्टि गरेका छन्।

advertisement

भण्डारीविरुद्ध तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्ली राज विष्टका छोरा किरणराज विष्टले “गाली बेइजती”को मुद्दा दर्ता गरेका थिए। निर्मला पन्त बलात्कारपछि हत्या भएको घटनामा पत्रकार भण्डारीले तथ्यहीन आरोपसहित सामाजिक सञ्जालमा किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेख्दै आएका थिए।

वि.सं. २०७५ साल साउन १० गते कञ्चनपुरको उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साउन ११ गते उनको शव घर नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

उक्त घटनालाई लिएर लामो समयदेखि विवाद र आलोचना हुँदै आएको छ भने पत्रकार भण्डारी त्यस प्रकरणमा निरन्तर रूपमा प्रहरी प्रशासनमाथि प्रश्न उठाउँदै आएका थिए।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com