काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ।

मंगलबार मिश्रसँग सोही इजलासमा बयान लिइँदैछ। नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित रूपमा बुझाइएपछि मिश्रको बयान प्रक्रिया अघि बढाइनेछ।

यसअघि बिहीबार साँझ उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले २४ घण्टाभित्र मिश्रलाई अनुसन्धानको मिसिलसहित उपस्थित गराउन आदेश दिएको थियो।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि भएको आरोपमा रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई प्रहरीले पक्राउ गरेको हो।

मिश्रमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com