काठमाडौं। नयाँ बानेश्वरस्थित कात्यानी चोकमा कारको ठक्करबाट एक ३ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार ज्यान गुमाउने बालकको नाम शिवांश झा हो। भारत घर भएका झा परिवारसहित काठमाडौंमा बस्दै आएका थिए।
बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले कात्यानी चोकबाट भीमसेनगोला तर्फ जाँदै गर्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न कार चालक रमेश कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया