काठमाडौँ । परराष्ट्र मन्त्रालयले एक वर्षको अवधिमा सवारी मर्मत र इन्धनमा झण्डै ११ करोड रुपैयाँ खर्च गरेको खुलेको छ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले सवारी मर्मतमा मात्रै ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेको हो। सोही अवधिमा इन्धनमा पनि ५ करोड ३३ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ।
प्रतिवेदनअनुसार विदेशस्थित ४० वटा नियोगमा परराष्ट्र मन्त्रालयका १८८ वटा चारपाङ्ग्रे सवारी साधन रहेका छन्। तीमध्ये एउटै नियोगले सवारी मर्मतका लागि न्यूनतम १ लाखदेखि अधिकतम ३६ लाख रुपैयाँसम्म खर्च गरेको विवरण छ।
इन्धनमा भएको खर्च पनि मर्मत खर्चसँगै बराबरी देखिन्छ। मन्त्रालयका ती सवारी साधनहरू चलाउन इन्धनमा ५ करोड ३३ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया