काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदिको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया