काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बन्ने सम्भावित उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई आफ्नो पुरानो भाषणका कुरा पूरा गर्न आग्रह गरेका छन् ।

शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा प्रदेश प्रहरीको ब्यारेक तथा मेष निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले भने,

‘बालेनजीले जनकपुरधाममा काठमाडौं घुम्न मात्र आउनु, अधिकार माग्न आउनुभएन भन्नुभएको थियो ।

अब उहाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ, त्यसैले प्रदेश सरकारले पाउन बाँकी अधिकार पूरा गर्नुहोला भन्ने अपेक्षा छ ।’

उनले प्रदेश सरकार मातहत अझै आफ्नो प्रहरी नभएको गुनासो पोखे ।

‘प्रदेशलाई अधिकार दिने कुरा संविधानमा लेखिएको छ, तर कार्यान्वयन भएन,’ उनले भने ।

मुख्यमन्त्री यादवले बालेन नेतृत्वको सम्भावित सरकारबाट यो अधिकार पूरा हुनेमा आशावादी रहेको पनि बताए ।

कार्यक्रममा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रहरी प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै सुरक्षित तथा

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रहरीलाई बधाई दिएका थिए ।

जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा मधेस प्रदेश सरकारको बजेटबाट ब्यारेक तथा मेष निर्माण हुन लागेको छ ।

प्रदेश सरकारले यो निर्माणका लागि जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ ५ पैसा बजेट उपलब्ध गराएको छ ।

निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

यो परियोजनाले प्रदेश प्रहरीलाई आफ्नै भौतिक संरचना उपलब्ध गराउने र कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री यादवको यो अभिव्यक्तिले संघीयता कार्यान्वयन, प्रदेशको अधिकार तथा बालेन नेतृत्वको सम्भावित सरकारसँगको अपेक्षालाई फेरि चर्चामा ल्याएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com