एजेन्सी । पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका भारतीय बीएसएफ जवान पूर्णम कुमार हुगली पश्चिम बंगालस्थति आफ्नो घर पुगेका छन्। पहलगाम आक्रमणको दोस्रो दिन पूर्णम कुमारलाई पञ्जाबको फिरोजपुरनजिकै पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको थियो ।

भारत र पाकिस्तानबिचको तनावका बेला पूर्णम कुमारले गल्तीले अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए। पाकिस्तानी रेन्जर्सले उनलाई मे १४ मा अटारी–वाघा सीमामा भारतीय अधिकारीहरूलाई सुम्पेका थिए।

आफ्नो घर पुगेपछि पूर्णम कुमारले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘मेरा आमाबाबु धेरै दुखी हुनुहुन्थ्यो त्यसैले म पहिले उनीहरूलाई भेट्न आएँ। मेरा आफन्तहरूलाई भेट्न पाउँदा खुसी लागेको छ।’

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com