काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले विषयको सम्पूर्ण विवरण नबुझी गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको टिप्पणी गरेका छन्।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले डा. कोइरालाको अभिव्यक्तिलाई छिटो निष्कर्षमा पुगिएको र गहिरो अध्ययनबिना गरिएको बताएका हुन्।
उनले भने, ‘डा. शेखरले विषयको गहिराइमा नपुगी राजीनामाको कुरा उठाउनुभयो। हामीले गृहमन्त्रीलाई त्यसबारे उहाँलाई स्पष्ट पार्न भनेका छौं।’
महतका अनुसार पार्टीभित्रै छलफल र स्पष्ट जानकारी बिना यस्तो माग हुनु उपयुक्त नहुने र यस विषयमा गृहमन्त्रीले आफैँ डा. कोइरालालाई जानकारी दिने बताएका छन्।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया