काठमाडौं ।  कास्की जिल्ला अदालतले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

पोखरास्थित इमेज बचत तथा ऋण सहकारीमा ठगीसम्बन्धी अभियोगमा उनीमाथि मुद्दा दायर भएको थियो। यही अभियोगको सिलसिलामा जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश दिएको हो।

advertisement

यसअघि नेपाली बागलुङ जिल्ला कारागारमा थुनामा थिए। उनलाई त्यहाँबाट झिकाएर अदालतमा उपस्थित गराइ सोमबार बयान लिइएको थियो। त्यसपछि अदालतले उनलाई पुर्पक्ष थुनामा पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com