काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ले आफूहरूले दुई लाख किलो आलु विनोद चौधरीलाई बेचेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए।

advertisement

‘आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाडौंमा भेट पनि भएको थियो,’ उनले भने, ‘उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नु भएको थियो।’

सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उनले बताए। ‘उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस(तिस हजार किलो आलु उत्पादन गर्ने भनेर,’ उनले भने, ‘तर हामीले भनेको टार्गेट भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौं, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं।’

चौधरीले हालसम्म आफूलाई आलु सप्लाइ गर्ने सबैभन्दा ठूलो इकाइ नेकपा रहेको कुरापनि आफूसँग गरेको विप्लवले बताए। पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेपछि उनीहरू उत्साहित भएको उनले बताए।

पूँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित नेपालका विभिन्न तीन ठाउँमा साना उद्योगहरूको सुरूवात गरेको र ती सबै नाफामा चलिरहेको उनले बताए। कतिपयले विप्लवको पार्टीलाई उत्पादन दिनु हुन्न र उनीहरूले खाइदिन्छ भन्ने जस्ता रूढीबादी सोचहरू पाल्ने गरेको भन्दै गुनासो गरे।

 

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com