काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध योजनाबद्ध र षड्यन्त्रपूर्ण आक्रमण भइरहेको आरोप लगाएका छन्। भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षी दलहरूले संसद्मा बोल्न नदिएपछि संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो धारणा सार्वजनिक रूपमा राखेका हुन्।

पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले भने, “मेराविरुद्ध नियोजित रूपमा आक्रमण गरिएको छ। यो राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ र पूर्ण रूपमा षड्यन्त्रपूर्ण छ। यस्तो गतिविधि निरन्तर भइरहेको मैले महसुस गरिरहेको छु।”

advertisement

उनले आफू राजनीतिक र व्यक्तिगत रूपमा पूर्णतः पारदर्शी जीवन बिताइरहेको र आमजनताले आफूलाई नजिकबाट नियालिरहेको बताए। उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पार्दै भने, “अख्तियारले गरिरहेको अनुसन्धानलाई लिएर सामाजिक सञ्जाल र केही माध्यममार्फत मेरो नाम जोडेर गलत प्रचार गरिएको छ। मेरो कुनै संलग्नता छैन।”

गृहमन्त्री लेखकले संसदमा आफ्नो धारणा राख्न नदिएकोमा खेद व्यक्त गर्दै यसलाई असत्य आरोपको आधारमा गरिने चरित्र हत्या र लोकतान्त्रिक मूल्यविपरीतको कार्य भनेका छन्।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com