काठमाडौं । सरकार काठमाडौं उपत्यकामा थप १०० वटा विद्युतीय साझा बस सञ्चालनमा ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो जानकारी दिएका हुन् ।
उनका अनुसार, काठमाडौंको वायुप्रदूषण घटाउँदै वातावरणमैत्री सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यसहित १०० वटा नयाँ विद्युतीय साझा बस खरिद गरिनेछ ।
हाल काठमाडौंका विभिन्न मार्गमा सञ्चालित विद्युतीय साझा बसहरूबाट सकारात्मक प्रभाव देखिएकाले सो सेवा थप सुदृढ बनाउने तयारी सरकारले गरेको हो ।
सरकारको लगानीमा सञ्चालन हुने साझा यातायात सेवामार्फत स्वच्छ र दीगो सार्वजनिक यातायात प्रणाली निर्माण गर्न यो कदम उठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया