काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।

ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै डिसहोमको कर्पोरेट कार्यालय, भैंसेपाटीमा सम्पन्न भएको हो। उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरेका छन्।

चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम ईन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको जनाएको छ।

डिशहोमका मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी भन्छन् – ‘हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउनेछ।’

त्यस्तै, दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन् – ‘डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।’

डिशहोम ईन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ‘माई डिशहोम’ मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

यस सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य लिएको जनाएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com