काठमाडौं । सरकारले यातायात व्यवसायीहरूसँग वार्ता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

इन्जिनियर पन्थ पूर्वाधार निर्माण तथा यातायात महाशाखामा कार्यरत छन् ।

advertisement

सोमबार गृह मन्त्रालयमा मन्त्री रमेश लेखक समेतको उपस्थितिमा विभिन्न मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलमा वार्ता समिति गठन गर्ने सहमति भएको थियो ।

सरकारको तर्फबाट ७ जना र यातायात व्यवसायीको तर्फबाट चार जना हुने गरी वार्ता समिति गठन गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

वार्ता गर्न समिति गठन भए पनि यातायात व्यवसायीहरूले आफ्नो आन्दोलनलाई जारी राख्ने सार्वजनिक यातायात आन्दोलन परिचालन समितिका संयोजक सरोज सिटौलाले अनलाइनखबरलाई जानकारी दिए ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com