एजेन्सी । इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलका तीन सैन्य स्थलमा आक्रमण गरेको दाबी गरेको छ । उसले यो कारबाही लेबनानका दर्जनौँ सहर र बस्तीलाई लक्षित इजरायली आक्रमणको प्रत्युत्तर भएको जनाएको छ ।
टेलिग्राममा छुट्टाछुट्टै तीन पोस्ट गर्दै हिज्बुल्लाहले गोलान हाइट्सस्थित नाफाह सैन्य आधारमा ठुलो मिसाइल वर्षा गरेको दाबी गरेको छ । साथै,उत्तरी इजरायलका मेरोन र रमत डेविड हवाई अड्डामा ड्रोन आक्रमण गरिएको पनि जनाएको छ ।
यी आक्रमणबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया