काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य दुई हजार नौ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया