काठमाडौँ । राजधानीको जमलदेखि ललितपुरको गोदावरीसम्म सञ्चालन हुने साझा यातायात सेवामा अवरोध सिर्जना गर्ने प्रयास भएको छ। यातायात बन्दको पक्षमा रहेका केही माइक्रोबस चालकहरूले साझा बस नचलाउन चेतावनी दिएका छन्।

मंगलबार ललितपुरको लगनखेल र हात्तीवन क्षेत्रमा बसेका माइक्रोबस चालकहरूले साझा बस चालकलाई धम्की दिएका हुन्। यसले स्थिति तनावपूर्ण बनेपछि सुरक्षाका लागि ती स्थानहरूमा प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको साझा यातायातका व्यवस्थापन अधिकृत शंकर बस्यालले जानकारी दिए।

यसैबीच, सोमबारदेखि सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन सेवा बन्दको घोषणा गरेका छन्। आज पनि अधिकांश सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छैनन्।

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी ल्याएको नियमावलीविरुद्ध व्यवसायीहरू आन्दोलित छन्। सरकारले उक्त नियमावली स्थगन गर्ने सहमति जनाए पनि व्यवहारमा कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने व्यवसायीहरूको अडान छ। यही कारणले देशभर सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com