काठमाडौं । पाँच दिनदेखि मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको छ । अभद्र व्यवहार आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
अभद्र व्यवहार आरोपमा प्रहरीले उनलाई जेठ १५ गते पक्राउ गरेको थियो । उनी लागुऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ ।
श्रेष्ठविरुद्ध यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको थियो । पछिल्लो पटक भने उनी साइकल चोरी गर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया