काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया