काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै उनीहरूको राजीनामा र घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै विपक्षी दलहरूले आजको बैठक पनि चल्न नदिएका हुन्।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाउँदै नाराबाजीमा उत्रिए। सभामुख देवराज घिमिरेले दलीय प्रतिनिधिहरूलाई बोल्न समय दिने र बैठक नियमित रूपमा सञ्चालन गर्न आग्रह गरे पनि विपक्षीहरू त्यसमा सहमत भएनन्।

सभामुखले गृहमन्त्री रमेश लेखकले बोल्न समय मागेको जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न अपिल गरेका थिए। तर विपक्षीको अवरोध कायमै रहेपछि बैठक स्थगन गर्नु परेको हो।

अवरोध नहटेकाले सभामुख घिमिरेले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com