काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको मुद्दा पूर्वनियोजित, भ्रमपूर्ण र योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टी अध्यक्षसहित अपराह्न बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले सो जानकारी दिएका छन्।

उपाध्यक्ष ज्वालाले भने, “हामी शीर ठाडो पारेर कानुनी प्रक्रियाको सामना गर्दै, अदालतबाट क्लिनचिट लिएर फर्किनेछौं। गलत, पूर्वनियोजित र षड्यन्त्रपूर्ण आरोपको खारेजी गर्दै स्पष्ट सन्देश दिनेछौं।”

उनले पार्टी कार्यकर्तालाई कुनै भ्रममा नपर्न आह्वान गरे। “हाम्रा नेताहरूविरुद्ध यसअघि पनि निरन्तर प्रहार भइरहेकै थियो। यस्ता षड्यन्त्रलाई हामीले बारम्बार परास्त गरेका छौं,” ज्वालाले स्पष्ट पारे।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com