काठमाडौं । भिजिट भिसा प्रकरण र संसद् सञ्चालनसम्बन्धी विषयमा सत्ता र विपक्षी दलबीच भएको छलफल निष्कर्षविहीन बनेको छ। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सहमति जुट्न नसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

छलफलमा दुबै पक्ष आ–आफ्नै अडानमा कायम रहेकाले समाधानको कुनै सूत्र ननिस्किएको परियारले बताए। “हामी हाम्रो अडानमा अडिग छौं, सत्तापक्ष पनि आफ्नो अडानबाट पछि हट्न तयार छैन,” उनले भने, “आजको प्रयास पनि निष्फल रह्यो।”

advertisement

यसअघि विपक्षी दलहरूको बैठक बसेको थियो, जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरू सहभागी थिए।

बैठकले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको स्पष्ट प्रतिबद्धता नआएसम्म संसद् सञ्चालन सम्भव नहुने निष्कर्ष निकालेको छ।

विपक्षीहरूका अनुसार संसद् सञ्चालनको मार्ग सुचारु गर्न सरकार तयार नभएको र गम्भीर पहल नदेखिएको आरोपसहित उनीहरूले अवरोध यथावत् राख्ने निर्णय गरेका छन्।

सरकार र विपक्षी दलहरूबीच सहमति खोज्न भएका प्रयासहरू बारम्बार असफल हुँदै जाँदा संसद् अझै अवरुद्ध रहेको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com