विराटनगर । विराटनगरमा शुक्रबारदेखि सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि सक्रिय राजनीतिमा रहेको स्पष्ट पारिन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै आफ्नो राजनीतिक भविष्यबारे उठेका जिज्ञासामा प्रतिक्रिया दिँदै भण्डारीले भनिन्, “म अहिले पनि सक्रिय राजनीतिमा छु।” एमालेको अध्यक्ष बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले उपयुक्त समय आएपछि मात्र त्यसबारे प्रतिक्रिया दिने बताइन्।

advertisement

राष्ट्रिय भेलामा सम्बोधन गर्दै भण्डारीले गठबन्धनको नाममा राजनीतिक दलहरूले महिलाहरूको राजनीतिक प्रतिनिधित्वमा कटौती गरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। उनले महिलाको सहभागिता घट्ने क्रम रोक्न दलहरूलाई गम्भीर ध्यान दिन आग्रह गरिन्।

त्यसैगरी, उनले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूले सुशासन, पारदर्शिता र विकासतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइन्। भण्डारीले देशको समृद्धिको आधार नै जनप्रतिनिधिहरूको निष्ठा र जिम्मेवारीमा निर्भर हुने उल्लेख गरिन्।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com