काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्रलाई लिएर जुम्ला पुगेकी छन्। जुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर) शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका उनीहरुलाइ स्थानीयले स्वागत गरेका छन्।

जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १, मनिसाँघुमा हिमानी ट्रस्टले बर्थिङ सेन्टर निर्माण गर्दैछ। पूर्वयुवराज्ञी हिमानीको अध्यक्षतामा रहेको ट्रष्टले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

उनीहरूको साथमा राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुगेका छन्। शाही जुम्लाबाट निर्वाचित सांसद हुन्। हिजो काठमाडौंबाट नेपालगन्ज हुँदै आज खलंगा पुगेका उनीहरूले साँझ ४ बजे होटल कान्जिरोवामा भेटघाट कार्यक्रम समेत राखेका छन्।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com