काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय सम्हालेदेखि नीतिगत सुधारका दिशा‌मा महत्वपूर्ण पहलहरू गरिरहेको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृह प्रशासनमा सुधारका लागि निरन्तर प्रयासरत रहेको स्पष्ट पारे।

उनले भने, “यो सरकार गठन भएको ११ महिना नजिकिँदैछ, म स्वयंले पनि ११ महिनादेखि गृहमन्त्रीको जिम्मेवारी बहन गर्दै आएको छु। यस अवधिमा हामीले गृह मन्त्रालयमा नीतिगत, कानुनी र संरचनागत सुधारमा गहिरो ध्यान केन्द्रित गरेका छौं।”

गृहमन्त्री लेखकले नागरिकता सम्बन्धी विधेयकलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेर दोस्रो संशोधन प्रस्ताव अघि सारेको जानकारी पनि दिए।

उनका अनुसार प्रस्तुत संशोधन प्रस्तावहरूलाई आधार बनाएर विधेयकको निष्कर्षमा पुगिनेछ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com