काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार अहिले निरन्तर प्रयासरत रहेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफू अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेयता अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई पहिचान गर्दै समाधान खोज्ने काममा सक्रिय रहेको बताएका हुन।

अर्थतन्त्रप्रति नकारात्मक मनोविज्ञान सिर्जना हुनु स्वाभाविक भए पनि अब जिम्मेवार निकायका व्यक्तिहरूले केवल समस्या वर्णन होइन, समाधानमा केन्द्रित सार्थक पहल गर्नुपर्ने मन्त्री पाैडेलकाे भनाइ थियो।

उनले हाल प्रस्तुत गरिएको बजेटलाई आर्थिक सुधारको अन्तिम प्रयास नभई निरन्तर जारी रहने प्रक्रिया भएको प्रष्ट पार्दै, सुधारका कामहरू क्रमशः अघि बढ्ने उल्लेख गरे।

“अनुशासित ढंगले वाञ्छित सीमाभित्र रहेर बजेट तयार गरिएको छ,” मन्त्री पौडेलले भने, “बजेटमार्फत ल्याइएका नीतिगत प्रबन्धहरूले निजी क्षेत्रलाई पनि उत्साहित पारेका छन्।”

साथै, उनले मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन र समन्वय आवश्यक रहेको धारणा राख्दै, राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समन्वयबारेको अभिव्यक्तिलाई सकारात्मक बताए।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com