काठमाडौं । लन्डनका लागि उडान भरेको एयर इन्डियाको विमानमा सवार २४२ यात्रुमध्ये कुनै पनि नेपाली नागरिक नदेखिएको पुष्टि भएको छ।

विमान दुर्घटनापछि नेपाली नागरिक समेत सवार हुन सक्ने आशंकामा भारतस्थित नेपाली दूतावासले तुरुन्तै भारतीय अधिकारीहरूसँग सम्पर्क गरेको थियो। दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार सो समन्वयका क्रममा भारतीय पक्षले विमानमा नेपाली नागरिक नरहेको औपचारिक जानकारी दिएको हो।

शर्माले जानकारी दिँदै भने, “भारतीय अधिकारीहरूले यात्रुहरूको विस्तृत नामावली पनि उपलब्ध गराएका छन्, जसअनुसार विमानमा भारतीय, बेलायती, क्यानाडाली र पोर्चुगिज नागरिकहरू मात्र रहेका थिए।”

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर (फ्लाइट नम्बर एआई१७१) उडान भरेको केही समयमै मेघानी नगर क्षेत्रमा दुर्घटनामा परेको थियो। विमानमा चालक दलसहित २४२ जना सवार थिए।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com