बिबिसी । इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामीको मृत्युपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमाण्डर-इन-चीफ नियुक्त गरिएको छ।

यसका साथै जनरल वाहिदीले आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन्। यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिइएको छ।

इरानी सरकारी सञ्चार माध्यमका अनुसार इजरायली आक्रमणमा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसमा इरान रिभोलुसनरी गार्डका कमाण्डर-इन-चीफ हुसेन सलामी, खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी समावेश छन्।

यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको थियो।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com