काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक बहिष्कार गरेका छन्।
सदन सञ्चालनको शैलीप्रति आपत्ति जनाउँदै राप्रपाका सांसदहरु बैठक चलिरहेकै क्रममा बाहिरिएका हुन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बिना सहमति दादागिरी शैलीमा सदन सञ्चालन गर्न खोजिएको आरोप लगाए। उनले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिन हुनुपर्ने पार्टीको पुरानै माग यथावत् रहेको प्रस्ट पारे।

advertisement

“न्यायका लागि आवाज उठाउनेहरुलाई थुन्ने, भ्रष्टाचारको छानबिन माग्दा कान नटुपार्ने र जनताको चासोका विषय उठाउँदा उपेक्षा गर्ने प्रवृत्तिविरुद्ध हामी उभिएका हौं,” शाहीले भने, “संसद लोकतान्त्रिक संवादको थलो हो, बलपूर्वक चलाउने ठाउँ होइन।”

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने बैठकमा निरन्तर नाराबाजी गर्दै विरोध जनाइरहेका छन्। उनीहरूले बेल घेराउ गर्दै आफ्ना मागहरूप्रति सरकारको बेवास्ताप्रति आक्रोश पोखिरहेका छन्।

संसदमा प्रतिपक्षी दलहरूको अवरोध कायमै रहेकाले बैठक प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com