काठमाडौँ । काठमाडौं जिल्ला अदालतले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार जिल्ला अदालत काठमाडौँकी न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख धरौटीमा छुटाउने निर्णय गरेको हो।

यसअघि यही मुद्दामा राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि सोही अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तीनकुने घटनासँग सम्बन्धित मुद्दामा पक्राउ परेका मिश्रको थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने आदेश आएको हो।

 

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com