काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीतिमा विश्वास राख्ने व्यक्तिहरू, अभियन्ता र स्वतन्त्र समूहहरूलाई एकै मंचमा ल्याउने तयारी गरेको छ।

यस उद्देश्यका साथ पार्टीले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने निर्णय गरेको हो। बुधबार बसेको सचिवालय बैठकले उक्त कार्यदल बनाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार रास्वपाले वैकल्पिक राजनीतिक धारलाई सशक्त बनाउँदै विभिन्न विचार र पृष्ठभूमिका समूहहरूबीच सहकार्य र संवादको माध्यमबाट एकता कायम गर्ने प्रयास थालेको छ। पार्टीको नेतृत्वमा बन्ने उक्त कार्यदलले विविध स्वतन्त्र समूह तथा अभियन्ताहरूसँग समन्वय र सहकार्यका पहलहरू अघि बढाउनेछ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com