काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कानूनमन्त्री अजयकुमार चौरसियालेले नै न्यायलाई प्रभावित पारेको आरोप लगाए ।

उनले भने, ‘म सुन्दै आइरहेको छु, ‘कानूनमन्त्री कसैको मुद्दा छ भने जिल्लामा छ भने १ नम्बरमा रहेको न्यायाधीशलाई फोन गर्नुहुन्छ। उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ । त्यसैले माग गर्छु, कानून मन्त्रीको कल डिटेल सार्वजनिक गरियोस्, न्यायाधीशसँग कुरा किन गर्ने ? कुरा छ भने प्रधान न्यायधीश न्याय परिषद्को अध्यक्ष हुन्छ, जिल्लाको न्यायाधीश सदस्य पनि हुँदैन ।’

उनले कल डिटेल सार्वजनिक गर्न चुनौती दिँदै आफूले भनेको गलत भए सांसद पद त्याग्न तयार रहेको बताए ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com