काठमाडौं । नेपाल हुँदै रक्सौल सीमा नाकाबाट एक इराकी नागरिक भारततर्फ प्रवेश गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

वीरगञ्जबाट भारतीय शहर रक्सौल प्रवेश गर्न लागेको अवस्थामा इराकको बग्दादका ४७ वर्षीय फौजी हमिद अल बायातीलाई पक्राउ गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ । प्रारम्भिक सोधपुछ र अनुसन्धानपछि उनलाई मोतिहारी केन्द्रीय कारागारमा पठाइएको भनिएको छ ।

रक्सौलको हरैयास्थित प्रहरी चौकीका इञ्चार्ज किशन कुमार पासवानले नियमित जाँचका क्रममा शंकास्पद लागेपछि उनलाई पक्राउ गरेका थिए ।

‘उनीसँग भारत प्रवेश गर्न मिल्ने कुनै वैध कागजात पनि थिएन, त्यसैले पनि नियन्त्रणमा लिइएको हो’, पूर्वी चम्पारणका प्रहरी प्रमुख स्वर्ण प्रभातलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

‘उनी नेपालबाट एक्लै यात्रा गरेर भारत प्रवेश गर्न खोजिरहेका थिए, उनमा कुनै डर देखिएको थिएन’, एक सुरक्षाकर्मीले भनेका छन्, ‘उनको भारत प्रवेश गर्ने उद्देश्यबारे केन्द्रीय सुरक्षा निकायहरुले अनुसन्धान गरिरहेका छन् ।’

इराकी नागरिकले प्रारम्भिक सोधपुछमा आफू एक मेकानिकल इञ्जिनियर भएको भन्दै दुई पटक वैध भिसासहित भारत प्रवेश गरिसकेको समेत भनेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com