काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजी विद्यालयहरूलाई नयाँ मापदण्डअनुसार सुधार गर्दै क्रमशः गैरनाफामूलक र लोककल्याणकारी बनाउँदै लैजानुपर्ने धारणा राखेकी छिन्।

बिहीबार प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले शिक्षालाई मुनाफाको साधन बनाइनु नहुने बताइन्। “जुत्ता बेचेजस्तो मुनाफा गरेर शिक्षा प्रदान गर्नु संविधानको मर्म विपरीत हो,” उनले भनिन्, “संविधानको स्प्रिट नबुझिने हो भने संविधान नै फेरौं।”

उनले निजी विद्यालयलाई रोक्ने वा नरोख्ने भन्ने बहसको सट्टा अहिले सञ्चालनमा रहेका विद्यालयलाई स्पष्ट नीति र मापदण्डसहित सुधार गर्नुपर्नेमा जोड दिइन्। श्रेष्ठको प्रस्ताव अनुसार निजी विद्यालयहरूलाई आगामी १५ वर्षभित्र गैरनाफामूलक संस्थामा रूपान्तरण गर्नुपर्नेछ।

“राष्ट्रियकरण होइन, निजीलाई १५ वर्षको समयसीमा तोकेर गैरनाफामूलक बनाऔं,” उनले भनिन्, “स्पष्ट कार्ययोजना र कानुनी व्यवस्था सहित अघि बढ्नुपर्ने समय आएको छ।”

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com