काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई इन्ट्रेस्ट ग्रुप (स्वार्थ समूह) को प्रभावमा नचल्न चेतावनी दिएकी छन्।

सोमबार बसेको संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विधेयकलाई लिएर सुनियोजित चलखेल भइरहेको आरोप लगाइन्। उनले भनिन्, “यो विधेयक संसद् र सरकारलाई असक्षम बनाउने नियतले चलाइएको जस्तो देखिन्छ।”

उनको भनाइमा, सरकार स्पष्ट रूपमा या त आफैंले तयार पारेको मस्यौदामा उभिनुपर्छ, या त उपसमितिले दिएको प्रतिवेदनको पक्षमा दृढ रहनुपर्छ। “यदि सरकार प्रत्येक पलमा इन्ट्रेस्ट ग्रुपका निर्देशनमा चल्न थाल्यो भने, संसद्को गम्भीरता, गरिमा र स्वायत्तता समाप्त हुन्छ,” भट्टराईले भनिन्।

उनले संसद् भित्रको प्रक्रिया र समितिको निर्णयलाई बेवास्ता गर्दै बाह्य दबाबमा नीति निर्माण गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत रहेको धारणा राखिन्।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com