काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारलाई जीबी राईलाई पक्राउ गर्न चुनौती दिएका छन्।

सहकारी पीडितहरू वर्षौंदेखि न्यायको पर्खाइमा रहेका बेला तीन पटकसम्म गृहमन्त्री फेरिए पनि दोषीमाथि कारबाही नहुनु दुःखद भएको उनले बताएका छन्।

advertisement

“पहिले जीबी राई पक्रेर देखाउ, अनि मात्र देश चलाउने कुरा गर,” शाहीले सोमबार सामाजिक सञ्जालमार्फत सरकारलाई सिधा चेतावनी दिएका छन्।

शाहीले भनेका छन्, “तीन–तीन गृहमन्त्री आए, गए। तर, अझै पनि मकै पोलेर, सागका मुठा बेचेर थोरै–थोरै गरेर बचत गरेको गरिब जनताको पसिना चुस्ने जीबी राईलाई सरकारले कारबाही गर्न सकेको छैन। यति हुँदाहुँदै पनि ठूला गफ दिइरहेका छन्– देश चलाउँछौँ रे! जनताले विश्वास गरोस् रे! हास्यास्पद छ।”

उनको भनाइमा सरकारले जनताको पीडालाई बेवास्ता गर्दै दोषीहरूलाई उन्मुक्ति दिँदै आएको छ, जुन सह्य नहुने बताएका छन्।

 

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com