काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनास गरेको आरोप लगाएका छन्।

‘सिधा भाषामा भन्दा विदेशीको इशारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ,’ शाहीले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले अगाडि सोधेका छन्, ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो, तपाईंले। विदेशीको इशारामा मन्दिर, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले। ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले। क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले।’

यसअघि दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न सुझाव दिएका थिए। त्यसको जवाफमा शाहीले यस्तो बताएका हुन्।

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com