काठमाडाैं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विस्फोट हुँदा भएको भीषण आगलागीमा परि मृत्यु हुने संख्या ३४ जना पुगेको छ।

सिगाची केमिकल्स कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको जिल्ला प्रशासनले जनाएको छ।

यस दुर्घटनामा ३५ जना घाइते भएका छन्। ती सबैको उपचार भइरहेको छ।

जिल्ला प्रशासनले यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, ‘तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवेदनाहरू आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ अनुग्रह राहत प्रदान गरिने बताए।

यसका साथै, बिहार सरकारले बिहारका बासिन्दा मृतकका आश्रित परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। एजेन्सी

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com