काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आफूलाई पुनः पदमा  फर्कन  माग गर्दै दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ। अब यो मुद्दा २७ असारमा सुनुवाइ हुने भएको छ।

न्यायाधीश द्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको मुद्दा मंगलबार ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अर्को पेशी तोकिएको हो।

यसअघि प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले रास्वपाका सम्बन्धित पक्षहरूलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो। ढकालले निर्वाचन आयोगको पत्रलाई आधार बनाई सर्वोच्चमा रिट दायर गरेका हुन्।

रास्वपाले अनुशासन उल्लंघनको आरोपमा ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। तर निर्वाचन आयोगले हालसम्म पार्टी पदाधिकारीको हेरफेर अद्यावधिक गरेको छैन, जसका आधारमा ढकालले आफू अझै पदाधिकारी भएको दाबी गर्दै पुनर्बहालीको माग गरेका हुन्।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com